राष्ट्र बैंकद्वारा गणपति लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत

राष्ट्र बैंकद्वारा गणपति लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

कम्पनीले प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्तावलाई आगामी साधारण सभाबाट पारित गर्ने गरी वितरण गर्न राष्ट्र बैंकले स्वीकृत गरेको हो । उक्त लाभांश अव शेयरधनीले आगामी साधारण सभाबाट पारित भएपछि पाउनेछन् ।