नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको पुस ६ गते साधारण सभा आव्हान

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको पुस ६ गते साधारण सभा आव्हान


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले पुस ६ गते छैठौं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको मंसिर ५ गतेको सञ्चालक समितिको बैठकले नेपाल एसबिआई बैंक लिमिटेडको कार्यालय, केशरमहल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । यो कम्पनी नेपाल एसबिआई बैंकको सहायक कम्पनी हो ।