मेगा बैंक नेपालको मंसिर २८ गते साधारण सभा

मेगा बैंक नेपालको मंसिर २८ गते साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले मंसिर २८ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ६ गतेको सञ्चालक समितिको बैठकले नेपाल पज्ञा प्रतिष्ठान, काठमाडौंमा विहान ११ः१५ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम रुप दिनेछ । बैंकले यस वर्ष गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

सभाले बैंकसँगै बैंकको सहायक कम्पनी मेगा क्यापिटल लिमिटेडको समेत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ । हाल बैंकको चुक्तापूूँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्न लागेको हो ।

बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्र्रकृयामा जान आवश्यक देखिएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक  समितिलार्ई दिने निर्णय समेत गर्र्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले  मंसिर १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुुक क्लोजको आधारमा मंसिर १३ गतेसम्म कायम शेयरधनीहरु मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।