१ महिनामा बैंकिङ प्रणालीबाट बाहिरियो ४३ अर्ब निक्षेप

१ महिनामा बैंकिङ प्रणालीबाट बाहिरियो ४३ अर्ब निक्षेप


बैंकिङ्ग समाचार, काठमाडौं ।
वाणिज्य बैंकहरुमा एक महिनामा ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स संघका अनुसार असोज महिनाको तुलनामा मंसिर पहिलो सातासम्म ४३४ अर्ब रुपैयाँले घटेको हो ।
वाणिज्य बैंकहरुमा गत असोजमा कुल ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा मंसिर पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप देखिएको हो ।

यस्तै, कात्तिक महिनामा असोज महिनाको तुलनामा ३६ अर्ब रुपैयाँ घटेको छ । वाणिज्य बैंकमा ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप पुगेको थियो ।
वाणिज्य बैंकहरुको कर्जा लगानी भने ४३ अर्ब रुपैयाँ नै बढेको छ । असोजको मसान्तसमम कुल ३९ खर्ब ९८ रुपैयाँ कर्जा लगानी भएकोमा मंसिर पहिलो साता सम्म कुल ४० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुको कर्जा लगानी कात्तिकमा ४० खर्ब ३४ खर्ब रुपैयाँ पुगेको थियो ।