यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको ३४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २९ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज अरुण कावेली पावरको १४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १२ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

\"\"