धमाधम ५ कम्पनीकाे लिलामी सेयर बिक्रीमा, हेर्नुस् मूल्य

धमाधम ५ कम्पनीकाे लिलामी सेयर बिक्रीमा, हेर्नुस् मूल्य


बैंकिङ्ग समाचार, काठमाडौं ।
हाल बजारमा विभिन्न ५ वटा कम्पनीकाे लिलामी सेयर धमाधम बिक्री भइरहेकाे छ । सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक सेयर, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेको ३ वटा कम्पनीकाे सेयर र नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड गरी कुल ५ वटा कम्पनीकाे लिलामी सेयर बिक्री भइरहेकाे हाे ।

सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्तिक २९ गते, साेमबारबाट १५ हजार ८ सय ५० कित्ता संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेकाे हो । उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले मंसिर १३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य ५ सय ५० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । संस्थाको सेयर बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गरेकाे छ । लगानीकर्ताले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडाैँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेको ३ वटा कम्पनीकाे सेयर
प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीकाे स्वामित्वमा रहेकाे ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर मंसिर ३ गते, शुक्रबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ । 

क्यापिटलले प्रभु बैंक लिमिटेडकाे ५० हजार कित्ता, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंक लिमिटेडको ६६ हजार ६ सय ७५ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, प्रभु बैंक लिमिटेडकाे मूल्य २०५ रूपैयाँ, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३५० रूपैयाँ र प्राइम कमर्सियल बैंक लिमिटेडकाे २२५ रूपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले सबै कम्पनीकाे सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि मंसिर १० गते, शुक्रबारसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड
नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्तिक १६ गतेबाट एक हजार ४ सय ९४ कित्ता संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेकाे हो । उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले मंसिर २० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य ४ सय रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । संस्थाको सेयर बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले एनआइसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडाैँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।