संस्थापक सेयर बिक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स, मूल्य २ सय ५०

संस्थापक सेयर बिक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स, मूल्य २ सय ५०


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । 

कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ । उक्त समयावधिभित्र खरिद गर्न कसैको निवेदन पेश हुन नआएमा बीमा समितिको निर्देशन तथा प्रचलित कानून बमोजिम संस्थापक बाहेकका अन्य व्यक्तिरसंगठित संस्थाहरुलाई बिक्री गर्ने पनि कम्पनीले जनाएको छ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २ सय ५० रूपैयाँ तोकिएको छ ।