नेपाल बङ्गलादेश बैंकका अध्यक्षले लिए शपथ

नेपाल बङ्गलादेश बैंकका अध्यक्षले लिए शपथ


बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल बङ्गलादेश बैंकका नवनिर्वाचित अध्यक्ष एआरएम नजमुस शकिबले सोमवार पद तथा गोपनियताको शपथ लिएका छन् ।

उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् । कम्पनीको मंसिर ३ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाले संस्थापक समूहबाट तीन जना  र सर्वसाधारण समूहबाट तीन जना  गरेर छ जना सञ्चालकमा निर्वाचित गरेको थियो  । उनीसहित छ जना सञ्चालकको कार्यकाल आगामी चार वर्षसम्म रहने छ ।