१४ अर्ब ८१ करोड बराबरको ट्रेजरी बिल निष्कासन गर्दै राष्ट्र बैंक

१४ अर्ब ८१ करोड बराबरको ट्रेजरी बिल निष्कासन गर्दै राष्ट्र बैंक


बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले रू. १४ अर्ब ८१ करोड बरावरको ट्रेजरी बिल निष्कासन गर्ने भएको छ ।

केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल निष्कासन गर्न लागेको हो । मंगलवारबाट निष्कासन हुने उक्त ट्रेजरी बिलका लागि सोमवार दिउँसो २ बजे बोलकबोल हुनेछ। 

केन्द्रीय बैंकले ९१ दिनको लागि रू.२ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्न लागेको हो । उक्त बिल आगामी फागुन १० गते परिपक्व हुनेछ । त्यसैगरी १८२ दिनको लागि रू. १२ अर्ब ४७ करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ ।

उक्त बिल भने आगमी जेठ १० गते परिपक्व हुनेछ ।  त्यस्तै केन्द्रीय बैंकले एक वर्षका लागि रू. ११ करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ। उक्त बिल  आगामी मंसिर ६ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन  सरकारी ऋणपत्र हो । सबै वर्गका बैंक तथा वित्तीय संस्था र सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।