नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंककाे सेयरमूल्य समायोजन

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंककाे सेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

बैंककाे १२.६११ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ८ रूपैयाँ ४९ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे ।  नेप्सेले आइतबारकाे अन्तिम कारोबार मूल्य ४ सय ६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.६१११ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।