६ जना सञ्चालक निर्वाचित गर्दै एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न

६ जना सञ्चालक निर्वाचित गर्दै एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चोथौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सभा आइतवार बिहान ९ बजे धरान ब्याक्वेटं एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा सम्पन्न भएको हो ।  । सभाले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 
साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने छ जना सञ्चालकहरुलाई निर्वाचित गरेको छ ।

संस्थापक समूहबाट कपिल ढकाल,प्रकाश बराल,बिभोर कुमार अग्रवाल र दिपेश खेतान अग्रावल निर्वाचित भएका हुन । त्यसैगरी सर्वसाधारण समूहबाट सुवर्ण पौडेल र शशांक अग्रवाल निर्वाचित भएका छन् ।