आईपीओ निष्कासन गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको घट्यो नाफा

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको घट्यो नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आइतवार  सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ प्रतिशतले घटेको छ । कम्पनीले गत आवमा रू.७ करोड ७० लाख नाफा कमाएकोमा चालू आवमा रू. ५ करोड ७ लाखमा झरेको हो । 

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले र खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २९ प्रतिशत र सञ्चालन नाफा ३४ प्रतिशत घटेको छ ।

कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको छ भने जगेडामा रू.४८ करोड ११ लाख १६ हजार सञ्चित रहेको छ । चालू आवमा कम्पनीले रू. ३५ करोड ५१ लाख ६ हजार सापटि लिएर, रू.२ र्ब ३० करोड १४ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब ९४ करोड ८८ लाख ९१ हजार कर्जा लगानी गरेको छ । कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको । 

कम्पनीले उक्त परिमाणको आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।