नारायणी डेभलपमेन्ट बैंककाे सेयरमूल्यमा १००% हकप्रद निष्कासनकाे अनुमति सँगै सर्किट

नारायणी डेभलपमेन्ट बैंककाे सेयरमूल्यमा १००% हकप्रद निष्कासनकाे अनुमति सँगै सर्किट


बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले गत शुक्रबार शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे थियाे । शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएसँगै बैंककाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

साताकाे पहिलाे काराेबार दिन आइतबार नियमित काराेबार खुलेकाे एक घण्टा नपुग्दै बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ९ सय ५२ रूपैयाँ ६० पैसा पुगेकाे छ ।

बैंकले १:१ काे अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरकाे १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासन गर्न असार ४ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । बाेर्डले मंसिर ३ गते, शुक्रबार अनुमति दिएकाे हाे । बैंककाे हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

त्यसैगरी, आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ६ सय ४४ रूपैयाँ ८० पैसा पुगेकाे छ । 

यसका साथै, कर्पाेरेट डेभलपमेन्ट बैंककाे सेयरमूल्य पनि ९.८८ प्रतिशतले बढेर ९ सय ३४ रूपैयाँ पुगेकाे छ । 
यस समाचार तयार पार्दासम्म नेप्से परिसूचक १२.३१ अंकले घटेर २७५६.८२ विन्दुमा झरेकाे छ ।