इक्रा नेपालको ५१.३३% लाभांश पारित गर्न साधारण सभा आह्वान

इक्रा नेपालको ५१.३३% लाभांश पारित गर्न साधारण सभा आह्वान


बैंकिङ्ग समाचार, काठमाडौं ।
इक्रा नेपाल लिमिटेडले मंसिर २९ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा एलोफ्ट, ठमेल, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र ३१ दशमलव ३२३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

यस्तै, सञ्चालक समितिको निर्वाचन गर्ने, कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि
सभाका लागि तय भएका छन् ।

कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।