इन्फिनिटी लघुवित्तले गर्याे २९.१६ प्रतिशत लाभांश घोषणा

इन्फिनिटी लघुवित्तले गर्याे २९.१६ प्रतिशत लाभांश घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

संस्थाको हिजाे मंसिर ४ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

संस्थाले प्रकाशन गरेकाे सूचना:

\"6199cd8c017cd.jpg\"