नेपाल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, मूल्य ४ सय रूपैयाँ

नेपाल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, मूल्य ४ सय रूपैयाँ


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्राइभेट लिमिटेडले आफ्नो नाममा कायम रहेकाे संस्थापक सेयरमध्ये एक लाख सेयर बिक्री गर्न निवेदन दिएकाे हुनाले कम्पनीले उक्त सेयर बिक्री गर्न लागेकाे हाे ।

कम्पनीले बीमकको संस्थापक सेयर कारोबार (खरिद/बिक्री) सम्बन्धी निर्देशिका, २०७७ बमोजिम संस्थापक शेयरधनीले संस्थापक सेयर हस्तान्तरण गर्दा विद्यमान संस्थापकहरुलाई नै प्राथमिकता दिनुपर्ने र निजहरुले खरिद नगरेमा प्रचलित कानूनको अधिनमा रही अन्य व्यक्ति/संस्थालाई उपयुक्तताको जाँच गरी सेयर बिक्री गर्न सकिनेछ भन्ने व्यवस्था भए अनुसार सेयरहरु खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौँमा कार्यालय समयभित्र आफूले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी रितपूर्वकको शिलबन्दी बोलपत्र आह्वान गरेकाे छ ।

उक्त सेयरकाे न्यूनतम मूल्य ४ सय रूपैयाँ ताेकिएकाे हाे ।

 

\"6199d7958a22f.jpg\"