उन्नती सहकार्यको लाभांश संशोधन

उन्नती सहकार्यको लाभांश संशोधन


बैंकिङ्ग समाचार, काठमाडौं ।
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

लघुवित्तले अब गत असार मसान्तको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ। यस अघि लघुवित्तले ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुपार ग्राहक संरक्षण कोषमा रकम छुट्याउनु पर्ने भएका कारण लघुवित्तको लाभांश संशोधन गरिएको लघुवित्तले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा रहेको छ। ३० प्रतिशतका दरल बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ २९ पैसा पुग्नेछ।