प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेका ६६ हजार कित्ता शेयरमा आजदेखि आवेदन दिन सकिने

प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेका ६६ हजार कित्ता शेयरमा आजदेखि आवेदन दिन सकिने


बैंकिङ्ग समाचार, काठमाडौं । 
प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट क्यपिटल कम्पनी प्रालीको स्वामित्वमा रहेका विभिन्न ३ कम्पनीको संस्थापक शेयर आज (मंसिर ३ गते, शुक्रबार) देखि बिक्री खुला गरिएको छ । कम्पनीको स्वामित्वमा रहेका प्रभु बैंक, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकका गरी संस्थापक ६६ हजार ७६० कित्ता शेयर बिक्री खुला गरिएको हो ।

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर रहेका छन् । उक्त शेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ । त्यस्तै, नेपाल ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता शेयर बिक्री गरेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । त्यसैगरी, प्राइम कमर्सियल बैंकको ६६ हजार ६७५ कित्ता शेयर बिक्री गरेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता २२५ रुपैयाँ तोकिएको छ ।

उक्त शेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आजदेखि मंसिर १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताहरुले सो मूल्य वा सो मूल्यभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र एनआईसी एशिया क्यापिटल बबरमहल काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ ।