प्रभु इन्स्योरेन्सको साधारण सभा वैशाख २० गते

प्रभु इन्स्योरेन्सको साधारण सभा वैशाख २० गते


काठमाडौं– प्रभु इन्स्योरेन्सको बिहीबार वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा प्रभु इन्सुरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुनेमा बिहान १० बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्ने छ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । यस्तै, सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।