काठमाडौं – रसुवामा आएको बाढीका कारण वाणिज्य बैंकका नौ वटा शाखा पूर्णरूपमा प्रभावित भएका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बाढीबाट ती शाखामा ठूलो भौतिक क्षति भएको जानकारी दिए।
यद्यपि, शाखाहरूमा भएको भौतिक क्षतिको यकिन विवरण भने सङ्कलन हुन बाँकी रहेको उलने जानकारी दिए। बाढी प्रभावित क्षेत्रमा कार्यरत बैंकका कर्मचारीहरू भने क्रमशः सम्पर्कमा आउन थालेका छन्। अध्यक्ष कोइरालाका अनुसार करिब २५ जना कर्मचारी अझै सम्पर्कमा आउन बाँकी छन्।
उनले कर्मचारीहरू सम्पर्कमा आउने क्रम जारी रहेको बताउँदै खाेजी तथा उद्धारकाे काम भइरहेको जानकारी दिए।






About Us
प्रतिक्रिया