काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनःस्थापना गरी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न नेपाल विद्युत प्राधिकरणले काम तीव्र बनाएको छ।
बाढीका कारण विद्युत संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत सेवा नियमित गर्न प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति तथा स्रोतसाधन परिचालन गरेको छ।
साथै, विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्थासमेत अपनाइएको प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार बाढीबाट संरचनामा उल्लेख्य क्षति पुगे पनि प्रभावित क्षेत्रमा विद्युत सेवा यथाशीघ्र नियमित गर्ने उद्देश्यले मर्मत तथा पुनःस्थापनाको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।
प्राधिकरणले उपलब्ध सबै स्रोतसाधन परिचालन गरी विद्युत आपूर्ति नियमित गर्न प्रयास गरिरहेको जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले प्रभावित क्षेत्रमा सौर्य ऊर्जा प्रविधि मार्फत तत्काल विद्युत सेवा पुऱ्याउन संयन्त्र पहिचालन गरेको छा






About Us
प्रतिक्रिया