नेपाल बङ्गलादेश बैंकको साधारणसभा तथा नयाँ सञ्चालक समितिको निर्वाचन सम्पन्न, लाभांश पनि पारित

नेपाल बङ्गलादेश बैंकको साधारणसभा तथा नयाँ सञ्चालक समितिको निर्वाचन सम्पन्न, लाभांश पनि पारित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बङ्गलादेश बैंकले आफनो सत्ताइसौं बार्षिक साधारणसभा तथा सञ्चालक समितिको निर्वाचन सम्पन्न गरेको छ । कोभिड–१९ को जोखिम हालसम्म पनि कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरूको परिपालना गर्दै साधारण सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिले गर्दा साधारण सभामा अनलाइनको माध्यमबाट भच्र्युअल रूपमा सम्पन्न गरिएको बैंकले जनाएको छ । 

बैंकका अध्यक्ष  एआरएम. नजसमुस शकिबको अध्यक्षतामा बसेको उक्त सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आ.व. २०७७/०७८ को मूनाफा रकमबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चूक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर तथा ३.५० प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्ने स्वीकृति प्रदान गरेको थियो  ।

साथै बैंकले कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीहरू अपनाई शेयरधनीहरुको उपस्थितिमा सम्पन्न निर्वाचनबाट बैंकको प्रबन्धपत्र तथा नियमावली बमोजिम आगामी ४ वर्षे कार्यकालका लागि बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन समेत भएको छ । 

उक्त निर्वाचनमा संस्थापक समूहबाट  ए.आर.एम नजमुस शकिब,  एम. शाह आलम सरवर  तथा श्रीमती क्यामरुन नहर अहमद निर्वाचित भएका छने छ भने सर्वसाधारण समूहबाट  इन्द्रबहादुर थापा, योगिता दाहाल र अमन साह निर्वाचित भएको बैंकले जानकारी गराएको छ । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ब्त्ः बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।