१३.०६ प्रतिशत लाभांश एजेण्डा पारित गर्न स्ट्यान्डर्ड चार्टर्ड बैंकले डाक्यो मंसिर २८ मा साधारणसभा

१३.०६ प्रतिशत लाभांश एजेण्डा पारित गर्न स्ट्यान्डर्ड चार्टर्ड बैंकले डाक्यो मंसिर २८ मा साधारणसभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा डाकेको छ। बैंकले मंसिरको २८ गते साधारणसभा डाकेको हो।
सभामा चुक्ता पुँजीको ३.०६ प्रतिशत नगद लाभांशका साथै १० प्रतिशत बोनस सेयर वितरणको एजेण्डा लगिने छ।

सभामा वार्षिक प्रतिवेदन पारितका साथै नयाँ पुँजी संरचना अनुसार प्रबन्धपत्र र नियावली संशोधन हुने छ। अन्य खासै एजेण्डा छैन।

बैंकको अहिले चुक्ता पुँजी ११ अर्ब ४७ करोड रुपैयाँ छ। गत वर्ष बैंकले एक अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको थियो।