लाभांश प्रस्ताव पारित गर्न बैंक अफ काठमाण्डूको साधारण सभा आव्हान

लाभांश प्रस्ताव पारित गर्न बैंक अफ काठमाण्डूको साधारण सभा आव्हान


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

बैंकले मंसिर २९ गते बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठानमा २७ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभामा भर्चुअल माध्यमबाट समेत सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सो सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।