ग्लोवल आइएमई बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा, मंसिर १३ मा बुक क्लोज

ग्लोवल आइएमई बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा, मंसिर १३ मा बुक क्लोज


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोवल आइएमई बैंकले लाभांश पारित गर्न १५ औं बार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालन समितिको मंसिर २ गते बसेको बैठकले मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिस्ठान कमलादी काठमाडौंमा साधारण सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद गरी १३.५ प्रतिशत लाभांश पारित गर्नेछ ।
यस्तै बैंकको जारी पूँजी तथा जारी पूँजी बढाउनको लागि प्रबन्धपत्र, नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार मंसिर १२ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन् ।