सिभिल बैंकको सञ्चालक समिति अध्यक्षमा प्रतापजंग पाण्डे नियुक्त

सिभिल बैंकको सञ्चालक समिति अध्यक्षमा प्रतापजंग पाण्डे नियुक्त

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल बैंकको अध्यक्षमा प्रतापजंग पाण्डे नियुक्त भएका छन्।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको ३६२ औं बैठकले सञ्चालक प्रतापजङ्ग पाण्डेलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो। 

बैंक अध्यक्ष चयन भएपश्चात् पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गरेकोमा सबै सञ्चालकहरुलाई धन्यवाद दिए।
सोपश्चात सञ्चालकहरुले समितिको अध्यक्ष चयन भएकोमा प्रताप जङ्ग पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गरे। 
उनको नेतृत्वमा बैंकलाई थप उचाइमा पुर्याउनको लागि थप मद्दत मिल्नेमा जोड दिँदै सबै सञ्चालकहरुको साथ–सहयोग रहने धारणा व्यक्त गरे।