राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ


काठमाडौं–राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन्। आजै सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो।

यसअघि कम्पनीको सीईओ पदपूर्ति समितिले माघ २४ गते २१ दिने सूचना जारी गर्दै सीईओका लागि आवेदन खुला गरेको थियो। तोकिएको अवधिमा ९ जनाको आवेदन परेकोमध्ये ४ जनाको नाम छानिएको थियो।

छानिएकाहरुको प्रस्तुतीकरण वैशाख १२ गते भएको थियो भने १३ गते अन्तर्वार्ता भएपछि ३ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठ सीईओमा नियुक्त भएका हुन्। उनलाई ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरिएको छ।