सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एम्बास्डर अभियान प्रभावकारी बन्दै

सूर्यज्योतिको अभिकर्ता प्रोडक्ट एम्बास्डर अभियान प्रभावकारी बन्दै


काठमाडौं–सूर्यज्योतिसँग आवद्ध मापदण्ड पूरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउँदै आएको छ। प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वहरुको फोटो राखी कम्पनीको विज्ञापन समाग्रीहरु कम्पनीले प्रयोग गर्ने विभिन्न संचार माध्यमहरू तथा सामाजिक संजाल मार्फत देश व्यापी रुपमा प्रचार-प्रसार गर्नुका साथै कम्पनीका देशैभरि रहेका शाखा कार्यालयहरुको विशेष स्थानमा उनीहरुको फोटो अंकित व्यानर, विज्ञापन बोर्ड, फ्लायर, लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचार प्रसार गर्ने गरिएको छ।

कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरुको मान–सम्मान, इज्जत एवम् प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनीहरु प्रतिको विश्वसनियता बढ्ने, व्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनिय वृद्धि हुने भएकाले कम्पनीमा आवद्ध सबै अभिकर्ताहरु माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको हो। यो किसिमको सम्मानले सम्बन्धित विजेता एवम् समस्त अभिकर्ताहरुको व्यवसायिक मनोवलमा वृद्धि भइ सकारात्मक प्रतिस्पर्धाको वातावरण श्रृजना भएको हो।

चालु आर्थिक वर्षमा यस कम्पनीका बुटवल–पाल्पा रोड शाखाका कमल प्रसाद घिमिरे, कोहलपुर शाखाका गौरव कुमार शाही तथा महाराजगंज शाखाका सृजना पन्तले क्रमशः चौरासी पुजा जीवन बीमा योजना, सुरक्षित भविष्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि प्रोडक्ट एम्बास्डरको उपाधि प्राप्त गर्न सफल भइसकेका छन् ।

जीवन बीमालाई विशुद्ध समाज सेवा गर्ने माध्यमको रुपमा आफुले लिएको र बीमा सचेतना अभिबृद्धि गर्दै धेरै भन्दा धेरै जनालाई बीमा गराउने उद्देश्य लिएका घिमिरेलाई प्रोडक्ट एम्बास्डर बनेपछि समाजमा छुट्टै पहिचान बनेको, बीमा योजनाको ब्रोसर, मोवाइल एप तथा वेवसाइटमा समेत आफ्नो फोटो देखेपछि बीमा गर्ने व्यक्तिहरुले सजिलै विश्वास गर्ने वातावरण भएको र बीमा क्षेत्रमा थप सफलता प्राप्त गर्न सहज भएको बताउनुका साथै कम्पनीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सम्मान प्राप्त हुँदा काम गर्न थप प्रोत्साहन मिलेको बताए ।

यस्तै, प्रोडक्ट एम्बास्डर बनेपछि शाहीले नयाँ परिचय थपिएको, सफल अभिकर्ता बन्न सहयोग भएको, विभिन्न शाखाहरुमा क्रस–स्ट्यान्डमा फोटो हुने, ब्रोसर, मोवाइल एप तथा वेवसाइटहरुमा समेत फोटो आउने भएकाले बीमितहरुको बिचमा कम्पनीको आधिकारीक अभिकर्तारव्यक्ति हो भन्ने अनुभूति हुनुका साथै मानिसहरुलाई आफ्नो परिचय दिन सजिलो भएको र फोटो देखेर मानिसहरुले प्रशंसा गर्ने र त्यस्ता व्यक्तिहरुलाई बीमा गराउन झन सजिलो भएको बताए। विगत ३/४ वर्ष देखि लगातार विभिन्न बीमा योजनाको प्रोडक्ट एम्बास्डर बन्न सफल भएको र यसको फाइदा आफुले राम्रोसँग अनुभूत गरेकाले आगामी दिनमा अरु बीमा योजनाको प्रोडक्ट एम्बास्डरमा समेत आफ्नो दावेदारी रहने बताउँदै यस्ता योजनाले अभिकर्ताहरुमा थप उर्जा प्राप्त हुनुका साथै सफलता चुम्न सहज हुने कुरामा आफु ढुक्क रहेको शाहीले बताए ।

प्रोडक्ट एम्बास्डर बनेर सम्मान पाउँदा पन्तले एकदमै गर्व महशुस गरेको बताइन्।यो अभियानले गर्दा कम्पनीलाई माया गरेर काम गर्ने एजेन्सीहरुले आफू र आफ्नो कम्पनीप्रति गर्व गर्ने अवसरको रुपमा लिएको बताइन्। साथै प्रोडक्ट एम्बास्डर बनेपछि उनलाई आफन्त, साथीभाई र समाजले हेर्ने दृष्टीकोणमा नै फरक पाएको महशुस भएको छ। यो क्षेत्रमा पैसा मात्र होइन नभइ सामाजिक प्रतिष्ठा र सम्मान कमाउन सकिने रहेछ भने प्रस्ट उदाहरण उनी बनेकी छिन्।