फरवार्ड लघुवित्तले कमायो १ करोड ६५ लाख नाफा

फरवार्ड लघुवित्तले कमायो १ करोड ६५ लाख नाफा


काठमाडौं– फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रु. ११ करोड ६५ लाख रुपैयाँ कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै चैत मसान्तसममा रु. ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा १६७.१६ प्रतिशत बढी हो । अघिल्लो वर्षको तेस्रो त्रैमासमा संस्थाले रु. ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको मुनाफा पनि १८०.०३ प्रतिशतले बढेर रु. १७ करोड ५७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको यस्तो मुनाफा जम्मा रु. ६ करोड २७ लाख रुपैयाँ थियो। समीक्षा अवधिसम्म कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) पनि बढेको छ । यो अवधिमा एनपीएल ८.२६ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिसम्म संस्थाको एनपीएल ५.८८ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न कम्पनीले इम्पेयरमेन्ट चार्जका रुपमा रु. ४२ करोड १५ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले रु. ४८ करोड ५५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्याएको थियो।

चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको खुद ब्याज आम्दानी पनि ६.१६ प्रतिशतले बढेर रु. ८७ करोड ८२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी रु. ८२ करोड ७२ लाख रुपैयाँ थियो। साथै समिक्षा अवधिसम्म कम्पनीले रु. ८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी रु. १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष संस्थाले रु. ८ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी रु. १९ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ।

चुक्तापुँजी रु. १ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीकोे रिजर्भको आकार ४५.५४ प्रतिशतले बढेर रु. १ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाको रिजर्भमा रु. ९९ करोड ५१ लाख रुपैयाँ थियो।