मध्य भोटेकोशीको आईपीओ खुल्यो, आठ लाख १९ हजारलाई बाँड्न पुग्ने

मध्य भोटेकोशीको आईपीओ खुल्यो, आठ लाख १९ हजारलाई बाँड्न पुग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं 

आईपीओ भर्दा-भर्दा नपरेर हैरान भएका लगानीकर्ताका लागि राहत दिने मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीऋो बुधबारदेखि निष्काशन खुला भएको छ ।

कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर ८१ लाख ९० हजार कित्ता शेयरका लासिग आजदेखि सर्वसाधारणबाट आवेदन माग गरेको हो । मध्य भोटेकोशीको शेयर ८ लाख १९ हजारले गोलाप्रथाबाट १० कित्ता पाउनेछन् । आईपीओ भरेपनि न्यून संख्याले मात्र शेयर पाउने अवस्थामा यो संख्यामा बाँड्न पुग्ने आईपीओ बिक्रीमा आएकाले शेयर नपरेर हैरान भैरहेका लगानीकर्ताहरुलाई यो सार्वजनिक निष्काशनले केही राहत दिनेछ ।

कम्पनीले दोस्रो चरणमा असोज २० गतेदेखि सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल निष्काशित ९० लाख कित्ता आईपीओमध्ये ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख ५० हजार कित्तासामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले ८१ लाख ९० हजार कित्ताका लागि आवेदन गर्न पाउनेछन् । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ८ लाख १९ हजारले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् ।

लगानीकर्ताहरुले यस सर्वाजनिक निष्काशन आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था रहेको छ । आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो शेयरको मोबाइल एप तथा वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आईपीओ भर्न सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

मध्य भोटेकोशीको आईपीओ निष्कासनकर्तामा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन् ।