मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

१९ असाेज, काठमाडौँ । भोलि देखि मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले निष्काशन गर्ने कुल आईपीओमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । कमपनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइनेछ ।