एक वर्षमा आगलागीबाट २ अर्ब बढीको क्षति, १०२ जनाकाे मृत्यु

एक वर्षमा आगलागीबाट २ अर्ब बढीको क्षति, १०२ जनाकाे मृत्यु


काठमाडौं– गत वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा ठूलो धनजनको क्षति भएको छ । यसअवधिमा देशका विभिन्न क्षेत्रमा तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना घटेका छन् ।

आगलागीबाट रु दुई अर्ब ३३ करोड बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिइन् ।

उनका अनुसार आगलागीबाट सो अवधिमा चार हजार सात सय २५ परिवार प्रभावित भएका छन्, भने १०२ जनाले ज्यान गुमाएका छन् । प्रवक्ता चेम्जोङले बीचमा पानी परेका कारण आगलागीका घटना घटे पनि पुनः फैलिन थालेकाले सचेत हुन अनुरोध गरिन्।