नेप्सेमा नेको इन्स्योरेन्ससहित ३ कम्पनीको बोनश शेयर सूचिकृत


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज नेको इन्स्योरेन्स लिमिटेडसहित ३ कम्पनीको बोनश शेयर सूचिकृत भएको छ। आज नेप्सेमा एकै दिन नेको इन्स्योरेन्स, एनएमबि बैंक लिमिटेड र सुपर माई हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो।

जसमा नेको इन्स्योरेन्सको ३ प्रतिशतले हुन आउने ८ लाख ७ हजार ४६० कित्ता, एनएमबि बैंकको ५ प्रतिशतका दरले हुन आउने ९१ लाख ८३ हजार ३५३.९८ कित्ता र सुपर माई हाइड्रोपावरको २० प्रतिशतका दरले हुन आउने १० लाख ७० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।