ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी कर्जा कारोबार गर्न केन्द्रीय बैंकको सुझाव 

ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी कर्जा कारोबार गर्न केन्द्रीय बैंकको सुझाव 


काठमाडौं – नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर्न सुझाव दिएको छ। बैंकले आज (चैत्र २७) गते एक सूचना जारी गर्दै ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर्न आग्रह गरेको हो।

बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधन कर्जा जस्ता विभिन्न कर्जाहरू प्रस्ताव गरेका हुन्छन्। केन्द्रीय बैंकले यस्ता कर्जाको भुक्तानी अवधि निश्चित हुने र ब्याजदर भने परिवर्तनीय वा स्थिर हुनसक्ने जनाएको छ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ,‘स्थिर ब्याजदर तोकिएको अवधिभर परिवर्तन गर्न पाइँदैन भने परिवर्तनीय ब्याजदर आधार दरमा भएको परिवर्तनअनुसार हरेक महिना परिवर्तन हुनसक्छ । तर, प्रिमियम दरमा कुनै पनि परिवर्तन गर्न पाइँदैन।’

नियमित रूपमा निश्चित आम्दानी गर्ने व्यक्तिका लागि स्थिर ब्याजदरले आम्दानी र खर्चबीच तालमेल मिलाउन सहयोग पुग्छ। ग्राहकहरूले आफूले उपभोग गर्न लागेको कर्जामा लागू हुने प्रकारको ब्याजदर, लागू हुने प्रिमियम दर र शुल्कहरूको विषयमा अनिवार्य रूपमा पूर्ण जानकारी लिनुपर्ने धारणा राष्ट्र बैंकले ब्यक्त गरेको छ।