यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ। केन्द्रीय बैंकले जारी गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेकाे छ।

त्यस्तै, यूरो एकको खरिद दर १४४ रुपैयाँ ०१ पैसा र बिक्री दर १४४ रुपैयाँ ६६ पैसा पुगेकाे छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको छ।

केन्द्रीय बैंकका अनुसार आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा ताेकिएकाे छ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?