अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या १७ हजार माथि

अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या १७ हजार माथि


काठमाडौं – नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा हालसम्म १७ हजार बढी उर्तीण भएका छन्। प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकानुसार अभिकर्ताको अनलाइन परीक्षा उत्तीर्ण हुनेको सङ्ख्या १७ हजार नाघेको हो।

हालसम्म १७ हजार ३ सय ७३ ले अभिकर्ता इजाजत पत्र परीक्षा उत्तीर्ण गरेका छन्। प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजत पत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो।