काठमाडौं – सर्वोत्तम सिमेन्टले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ। कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले वैशाख १२ गते साधारण सभा बोलाएको छ।
अब आगामी साधारण सभाले पारित गरेपछि यो लाभांश वितरण गर्ने संस्थाले जनाएको हो। साथै, कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरेको छ।
सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बस्नेछ। साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गर्ने भएको छ। यस आधारमा चैत २९ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।



About Us
प्रतिक्रिया