उपत्यकामा सार्वजनिक बिदा : शेयर बजार, बैंक–वित्तीय संस्था बन्द

उपत्यकामा सार्वजनिक बिदा : शेयर बजार, बैंक–वित्तीय संस्था बन्द


काठमाडौं – सरकारले घोडेजात्राको अवसरमा आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । सरकारले सार्वजनिक बिदा दिएसँगै आज उपत्यकाभित्रका बैंक–वित्तीय संस्थाका साथै शेयर बजार बन्द हुने भएको छ।

शेयर बजार सञ्चालक नेप्से कार्यालय काठमाडौंमा रहेकाले उपत्यकामा सार्वजनिक बिदा हुँदा नेप्से पनि बन्द हुने भएकाे हाे। साथै, आज उपत्यकाभित्रका सार्वजनिक कार्यालय पनि बन्द हुनेछन्। शेयर बजार, बैंक तथा वित्तीय संस्था मंगलबार देखि नियमित समयमा सञ्चालन हुनेछन्।