प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता


काठमाडौं–गण्डकी ट्याक्सी व्यवसाय प्राइभेट लिमिटेड र प्रभु बैंक लिमिटेडबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता भएको छ। सम्झौतापश्चात् ट्याक्सी व्यावसायीहरुले प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाइल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न र सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउन सक्ने जनाइएको छ ।

विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्धारा उपलब्ध गराइएको क्यूआर मार्फत् बिना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै प्रालिमा आवद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराइएको छ । निकट भविष्यमा अन्य ३५० भन्दा बढी चालकहरुलाई उपलब्ध गराइने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख, प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसाय प्रालिको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरी उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख, व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थिति रहेको कार्यक्रममा फोन पेका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।