७ प्रतिशतले बढ्यो मुद्राप्रदाय, वैदेशिक सम्पत्ति कति ?

७ प्रतिशतले बढ्यो मुद्राप्रदाय, वैदेशिक सम्पत्ति कति ?


काठमाडौं– नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो।

त्यस्तै, अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ५.१ प्रतिशतले बढेको थियो।वार्षिक बिन्दुगत आधारमा २०८० फागुन मसान्तमा विस्तृत मुद्राप्रदाय १४ प्रतिशतले बढेको छ । साथै समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु. ३ खर्ब २७ अर्ब ५५ करोड (२२.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. १ खर्ब ४२ अर्ब १ करोड (१२.३ प्रतिशत)ले बढेको थियो ।

त्यसैगरी, समीक्षा अवधिमा सञ्चित मुद्रा १.७ प्रतिशतले घटेको छ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ०.८ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० फागुन मसान्तमा सञ्चित मुद्रा ७.६ प्रतिशतले बढेको छ ।