७ प्रतिशतले बढ्यो निक्षेप संकलन

७ प्रतिशतले बढ्यो निक्षेप संकलन


काठमाडौं–नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रु. ४ खर्ब ३५ अर्ब ८७ करोड (७.६ प्रतिशत) ले बढेको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो ।

बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु. २ खर्ब ८० अर्ब ५७ करोड (५.५ प्रतिशत) ले बढेको थियो।वार्षिक बिन्दुगत आधारमा २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.६ प्रतिशतले बढेको छ ।

त्यस्तै, गत फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.५ प्रतिशत, २८.० प्रतिशत र ५८.७ प्रतिशत रहेको छ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, २५.७ प्रतिशत र ५९.८ प्रतिशत रहेको थियो।फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.५ प्रतिशत रहेको छ।अघिल्लो वर्षको फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३६.८ प्रतिशत रहेको थियो ।