वाइडबडी जहाज खरिद गर्दा १ अर्ब बढी भ्रष्टाचार गरेको भन्दै पूर्व मन्त्रीसहित ३२ जनाविरुद्ध आरोपपत्र दायर(विज्ञप्तिसहित)

वाइडबडी जहाज खरिद गर्दा १ अर्ब बढी भ्रष्टाचार गरेको भन्दै पूर्व मन्त्रीसहित ३२ जनाविरुद्ध आरोपपत्र दायर(विज्ञप्तिसहित)


काठमाडौं–वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोडको भ्रष्टाचार गरेको भन्दै पूर्व मन्त्रीसहित ३२ जनाविरुद्ध आरोपपत्र दायर भएको छ। तत्कालीन उड्डयन मन्त्री तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रवन्धक सुगतरत्न कंशाकार र पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई विपक्षी बनाएर विहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै उनीहरुउपर आरोपपत्र दायर भएको हो।शाही हाल नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेता छन् । उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला २ वटा वाइडबडी जहाज खरिद गर्ने निर्णय भएको थियो । २०७४ वैशाखमा मन्त्रिपरिषद् बैठकमा निर्णय भएर जहाज खरिद भएकोमा ३ अर्ब बढी भ्रष्टाचार भएको आरोप पनि लागेको थियो । त्यस बेला पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री थिए ।

विज्ञप्ति: