साताको अन्तिम कारोबारको दिन पनि बढेन नेप्से

साताको अन्तिम कारोबारको दिन पनि बढेन नेप्से


काठमाडौं–यो साता लगातार ओरालो लागेको नेप्से परिसूचक अन्तिम कारोबारको दिन पनि निराशाजनक देखिएको छ । आज नेप्से २.७३ अंकले घटेर २,००४ को विन्दुमा पुगी बन्द भएको छ ।

योसँगै आज ३०२ कम्पनीको ६९ लाख ६३ हजार ३५९ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम रु. तीन अर्ब ३७ करोड २६ लाख सात हजार ३०७ रुपैयाँ पुगेको छ । यस्तै आज १०६ कम्पनी नाफामा छन् भने १२८ कम्पनी घाटामा गएका छन् । ११ कम्पनीको कारोबार स्थिर छ ।