सामाजिक सुरक्षा कोषको कुल दावी भुक्तानी रकम ८ खर्ब ४५ अर्ब माथि

सामाजिक सुरक्षा कोषको कुल दावी भुक्तानी रकम ८ खर्ब ४५ अर्ब माथि


काठमाडौं– सामाजिक सुरक्षा कोषको कुल दावी भुक्तानी रकम रु. ८ खर्ब ४५ अर्ब माथि पुगेको छ । कोषले सार्वजनिक गरेको चैत २० सम्मको तथ्याङ्कअनुार कोषको दाबी भुक्तानी रकम रु. ८ खर्ब ४५ अर्ब ९ करोड पुगेको हो ।

यस्तै १२ लाख ५० हजार ४५३ जना सूचीकृत योगदानकर्ता र १८ हजार ८१० जना सूचीकृत रोजगारदाता रहेको कोषको कुल योगदान रकम रु. ५२ खर्ब ५७ अर्ब ९ करोड पुगेको छ ।

कोषमा हाल औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम रु. ९७ अर्ब ९५ करोड रहेको छ । कोषको आश्रित परिवार सुरक्षा दावी रकम रु. १३ अर्ब २७ करोड छ भने दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम रु. ११ अर्ब ४७ करोड छ । कोषमा अवकाश दावी रकम रु. ७ खर्ब २२अर्ब ३९ करोड रहेको तथ्याङ्कले देखाउँछ ।