कालिका लघुवित्तको सीईओमा चन्द्र पराजुली

कालिका लघुवित्तको सीईओमा चन्द्र पराजुली


काठमाडौं– कालिका लघुवित्त वित्तीय कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुल चन्द्र पराजुली नियुक्त भएका छन्।

चैत २१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सीईओमा पराजुलीलाई नियुक्त गरेको हो । रिक्त रहेको उक्त पदको जिम्मेवारी पाएका पराजुली २०८१ वैशाख २ गतेबाट लागू हुनेगरी सिइओमा नियुक्त भएका हुन् ।