त्रिभुवन विमानस्थलको महाप्रवन्धकमा निरौला

त्रिभुवन विमानस्थलको महाप्रवन्धकमा निरौला


काठमाडौं–नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता जगन्नाथ निरौलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकको जिम्मेवारी दिइएको छ।बुधबार प्राधिकरणको महानिर्देशक स्तरीय निर्णयबाट निरौलालाई महाप्रवन्धकको जिम्मेवारी दिइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रताबाबु तिवारीलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकको जिम्मेवारीमा पठाइएको छ।भैरहवाका महाप्रवन्धक हंशराज पाण्डेलाई प्राधिकरणमा उपमहानिर्देशकको जिम्मेवारी तोकिएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन्।