तोलामा १ हजारले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार

तोलामा १ हजारले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार


काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको मूल्यले पुनःनयाँ रेकर्ड कायम गरेको छ। बुधबार १ लाख ३३ हजार रुपैयाँ पुगेर ऐतिहासिक बिन्दुमा कारोबार भएको छापावाला सुनले बिहीबार १ हजारले बढ्दै अर्को उचाइ कायम गरेको हो।

आज छापावाला सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भएको थियो ।