नेष्डो समृद्ध लघुवित्तले लाभांश नबाँड्ने

नेष्डो समृद्ध लघुवित्तले लाभांश नबाँड्ने


काठमाडौं– नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ। कम्पनीले गत आर्थिक २०७९/८० वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो।

कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने ताेकेकाे छैन।