खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० प्रतिनिधि सभाबाट पारित

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० प्रतिनिधि सभाबाट पारित


काठमाडौं– राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित भएको छ। बुधवार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरेको हो।

राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरियोस् भनि कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले प्रश्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई बहुमत सांसदहरुले समर्थन जनाइ प्रतिनिधि सभाबाट पारित गरेका हुन् । सभाको बैठकमा सभामुख देवराज घिमिरेले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित भएको घोषणा गरे ।

उनले भने, ‘मान्य सदस्यहरु, हुन्छ भन्ने पक्षका मान्य सदस्यहरुको बहुमत भएकाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित भएको घोषणा गर्दछु ।’ प्रतिनिधि सभाको अर्को बैठक चैत्र २७ गते मंगलवार बिहान ११ बजे बस्नेछ ।