काठमाडौं– कारोबारको चौथो दिन पनि शेयर बजार ओरालो लागेको छ। बुधबार बजार झिनो अकंले घटेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.४३अकंले घटेर २००६.७८ बिन्दुमा बन्द भएको छ।
बुधबार ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार रुपैयाँको कारोबार भएको हो । आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। बुधबार गुराँस लघुवित्त, वीन नेपाल लघुवित्त र मानुषि लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो।
आज १०३ कम्पनीले नाफा कमाएका छन्, भने १३२ कम्पनी घाटामा गएका छन् । त्यस्तै १० कम्पनीको कारोबार भने स्थिर रहेको छ।
प्रतिक्रिया